Logo
Logo

सेयर बजारका सबै सूचक उकालो, कारोबार रकममा सुधार


दृष्टि संवाददाता


काठमाडौं । साताको अन्तिम दिन सेयर बजारका सबै सूचक उकालो लागेका छन्। कारोबार मापक सूचक नेप्से १० अंकले बढ्दा कारोबार संख्या र कारोबार रकममा समेत सुधार आएको छ।

बिहीबार नेप्से सूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ दशमलव ०१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १ दशमलव १२ अंकले बढेको छ । यस दिन २ सय १८ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँमा खरिद बिक्री भएको छ ।

दिव्यश्वरी हाइड्रोपावर, समता घरेलु लघुवित्त, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, र युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

विहीबार फाइनान्स र विकास बैंकहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४ दशमलव ६८ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि २ दशमलव ५१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्