Logo
Logo

२४ घण्टामा ५ हजार बढी कोरोना संक्रमित निको


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार भन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै नेपालका कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। नेपालमा निको हुने संक्रमितको दर ७४ दशमलब ६ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा ८ हजार ९६० जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। नयाँ संक्रमित थप भएसँगै एक लाख पाँच हजार २०७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्