नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण « Drishti News – Nepalese News Portal
Logo

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण


दृष्टि संवाददाता


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सपथ गराएका हुन् ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा सकिएपछि बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेकाे छ ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्