Logo
Logo

कैदीसँग घुस लिने कर्मचारी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ चैत ।
कैदीसँग घुस लिने कर्मचारी अख्तियारको फनदामा परेका छन् । जिल्ला कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।


कारागार कार्यालय, भिमफेदीमा कैदी जीवन बिताईरहेका लागुऔषध मुद्दाका कैदीसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरूवा गरिदिने भनि डर धाकधम्कि देखाई उनले घुस मागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिई गएको टोलीले जेलर शाखा अधिकृत मदन अधिकारीलाई ७५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्