Logo
Logo

भ्रष्टाचार गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दिनँ : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्ने कुनै कसर बाँकी नराख्ने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ पछि पदभार ग्रहण गर्ने क्रममा उनले भ्रष्टाचार गर्नेहरुमाथि छानबिन गर्न र संलग्नहरुलाई कारबाही गर्न कुनै कसर वाँकी नराख्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार भयो भनेर हल्ला गर्ने, भ्रम छर्नेको कमि नभएको पनि बताए । महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले भने ‘भ्रष्टाचार भयो भनेर हल्ला गर्ने, भ्रम छर्ने र गलत प्रचार गर्नुका साथै हतोत्साही गर्ने प्रवृत्ति भएको छ। कहिपनि यस्तो वेलामा भ्रष्टाचार उपकरण र ओषधि वा अन्यमा भ्रष्टाचार तथा अनुचित लाभ लिन्छ भने सरकारले कडाईका साथ कारबाही गर्छ।’

उनले अनियमितताको कुरालाई रोक्न सवैलाई आग्रह पनि गरे । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने पनि उनले बताए । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्