Logo
Logo

‘सरकारको ध्यान अब कोरोना रोकथाम’


दृष्टि संवाददाता


काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले सरकारको सम्पूर्ण सामर्थ्य कोरोना रोकथाम र न्युनिकरणका साथै संक्रमितको प्रभावकारी उपचारमा लगाउने बताएका छन् ।

शुक्रबार मन्त्री पदको सपथपछि सिंहदबारमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले कोरोना महामारीबिरुद्धको प्रयासलाई सघन र प्रभावकारी बनाउदै लैजाने बताएका हुन् । उनले संक्रमितको उपचारमा कुनै कमी हुन नदिन सरका गम्भीर रुपमा लागेको जानकारी दिए ।

त्यस्तै मन्त्री पौडेलले कोरोना महमारीबाट प्रभावित नेपालको अर्थतन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउनु आवश्यक रहेको भन्दै आगामी बजेट अर्थतन्त्रलाई गतिशिल बनाउने गरि आउने जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्