Logo
Logo

२४ घण्टामा ६ हजार १३५ कोरोना संक्रमित निको भए


दृष्टि संवाददाता


काठमाडौं । २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढेको छ । कोरोना भाइरसको दोस्रो लहरले मुलुकलाई गाँज्दै लगेको बेला पछिल्लो केही दिनको तुलनामा शुक्रबार निको हुनेको संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ६ हजार १ सय ३५ संक्रमित निको भएर घर फर्किएका छन् । यसअघि, बिहीबार (हिजो) पाँच हजार संक्रमित निको भएर घर फर्किएका थिए ।

योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमणबाट निको हुनेको दर ७४ दशमलव ५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्