Logo
Logo

कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप आठ हजार ५२० जना संक्रमित थपिएका छन् । पीसीआर विर एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा आठ हजार ५२० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या एक लाख सात हजार ३३६ हजार १४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्