Logo
Logo

अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थानको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महामारीको यो कठिन अवस्थामा अक्सिजन व्यवस्थापनलाई सहज बनाउनका लागि हाललाई अर्को व्यवस्गा नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनुहुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशानुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायहरुको समन्वयमा गराईदिनुहुन अनुरोध छ।’

काठमाडौं उपत्यकाका अक्सिजन उद्योगहरुबाट अस्पतालमा अक्सिजन सप्लाई गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालहरुमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले अस्पतालहरुमा दैनिक अक्सिजनको कोटा निर्धारण गरेको थियो। उक्त निर्णयपछि अस्पतालमा बिरामीको संख्या धेरै हुने तर अक्सिजन अभाव हुने समस्या देखिएको थियो। अक्सिजन अभाव हुँदा अस्पतालमा बिरामीको मृत्यु समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्