Logo
Logo

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको हाे ।

महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको छन् । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहोस्