Logo
Logo
जसपा विभाजन नजिक

उपेन्द्रलाई थाहै नदिई राजेन्द्र बने संसदीय दलको नेता


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको विषयले अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् । विना कुनै छलफल र परामर्श नै महतोलाई संसदीय दलको नेता चयन गरेकामा यादव समूह असन्तुष्ट बनेको हो ।

संसदीय दलको नेता चयन भएकोबारे यादव समूहका सांसदलाई फोन गर्दा नेता चयनको विषयबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बबरमहलमा भएको अध्यक्ष महन्थ ठाकुर समूहको छुट्टै भेलाले महतोलाई संसदीय दलको नेताका रूपमा चयन गरेको थियो । केही दिन अघि अध्यक्ष ठाकुरले सुरु गरेको हस्ताक्षर अभियान त्यसैको लागि भएको समेत बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएका महतो बिहीबार संसदीय दलको नेता बन्ने भएसँगै सांसदहरूसँगै भक्तपुरस्थित रिसोर्ट जान मानेका थिए ।दलका नेता महतो बनेपछि यादव समूह आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्