Logo
Logo

क्यालिब्रेसन फ्लाइटका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार


दृष्टि संवाददाता


काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।

विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो ।

जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।

‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।

यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको प्रमुख न्यौपानेले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्