Logo
Logo

नेपाल एयरलाइन्सको विमान सिलिण्डर लिन ओमान उड्यो


दृष्टि संवाददाता


काठमाडौं । अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६०० थान उक्त विमान आज ओमान उडेको हो ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलका अनुसार शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको हो । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६स्४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ ।

बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको उनले बताए । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

त्यहाँको सिलिण्‍डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्