Logo

मालपोत कर्मचारी र वडा अध्यक्ष अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता





काठमाडौं, १ चैत ।
जग्गा बिक्रिमा मिलेमतोमा पूँजीगत लाभकर छली गर्ने मालपोत कर्मचारी तथा वडाअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला मालपोत कार्यालय मोरङका नासु प्रदिप घिमिरे र देवीप्रसाद लुईटेल, रतुवामाई नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष दानालाल राजबंशीसहितका व्यक्ति उपर मुद्दा दायर भएको हो ।


आयोगका अनुसार ‘जिल्ला मोरङ्ग, सिजुवा गा.वि.स., वडा नं. ८प को साविक कि.नं. ३६५ वाट कित्ताकाट भई हाल कायम भएको कि.नं. ४७९ को ज.वि. ०(१२(५ र कि.नं. थाहा नभएको ज.वि. ०(०(१० समेतको जग्गा हस्तराज ओखरावु (लिम्बु) र सूर्यबहादुर श्रेष्ठबीच खरिद बिक्री हुँदा मालपोत कार्यालय रंगेलीको र.नं. ३६०४ मिति २०७४।१०।०३ मा रू.२९,९०,०००।( थैली राखी रजिष्ट्रेशन पारित भएकोमा उक्त जग्गा खरिद बिक्री गर्ने र रजिष्ट्रेशन फाँटका कर्मचारी मिली रजिष्ट्रेशन दस्तुर र ५५ पूँजीगत लाभकर घोटाला गरेको, नक्सामा कच्ची सडक प्रष्ट देखिने उक्त जग्गाको मूल्याङ्कन रू.३३,३७,५००।( हुनुपर्नेमा रू.२९,९०,०००।( मात्र देखाई ५ प्रतिशतले ले लाग्ने लाभकरबापतको राजश्व समेत घोटाला गरेको तथा रंगेली वसपार्क नजिक रहेको जग्गा कम मूल्याङ्कन गरी एकै दिन दुईपटक कि.का. गरी विक्री गरेको लगायतको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत विवरण पेश गरी घरबाटो सिफारिस माग गर्ने, आफ्नो क्षेत्राधिकार बाहिर गई बाटो भएको जग्गालाई बाटो नभएको भनी सिफारिस गर्ने, असम्बन्धित वडाको घरबाटो सिफारिसको आधारमा जग्गाको मूल्याङ्कन गर्ने तथा पुँजीगत लाभकर तथा रजिष्ट्रेशन दस्तुर कम असुल गरी नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाउने कार्यमा संलग्न रहेका देहाय बमोजिमका व्यक्तिहरु उपर देहाय बमोजिमको सजायको मागदाबी लिई आज बिशेष आदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ’



प्रतिक्रिया दिनुहोस्