Logo
Logo
राजदूत नियुक्तिको सिफारिस

हेर्नुस् ११ मुलुकका लागि प्रस्ताबित राजदूतहरूको सूची


दृष्टि संवाददाता


काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइ सकिएको जानकारी दिएका छन् । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।

एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल, पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपालसहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस सूचीमा परेको छ ।

हेर्नुस् प्रस्ताबित राजदूतहरूको सूची
१ं. निर्मलराज काफ्ले– अष्ट्रिया
२. जीवनप्रकाश श्रेष्ठ– इजिप्ट
३. रमेशचन्द्र पौडेल– श्रीलंका
४. कृष्णचन्द्र शर्मा– दक्षिण कोरिया
५. सुम्निमा तुलाधर– अष्ट्रेलिया
६. जंगवहादुर चौहान– रुस
७. नारायणप्रसाद संग्रौला– म्यानमार
८. युवराज कार्की– बहराइन
९. कुलप्रसाद नेपाल– ब्राजिल
१०. सुमित्रा सुवेदी– डेनमार्क
११. मेराज मुसलमान– साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्