Logo
Logo

घुससहित स्वास्थ्यका कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ चैत ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका घुससहित पक्राउ परेका छन् ।

मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.२२,०००।– (बाईस हजार) घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्