Logo
Logo

अख्तियारको प्रवक्तामा सहसचिव कोइराला


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव प्रदीप कोइरालाले बताए । यसअघि प्रवक्ता रहेका रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सरुवा भएपछि प्रवक्ता फेरिएका हुन् ।


कोइराला आयोगकै महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । निजामती प्रशासनमा उनलाई भद्र र क्षमतावान प्रशासकका रुपमा लिइन्छ । साथै आयोगका अन्य महाशाखा प्रमुखहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्