Logo
Logo

निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्ने नाै उपाय


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञामा मानसिक समस्या बढ्न सक्ने भन्दै सचेत रहन सुझाव दिएको छ । मन्त्रालयले मानसिक स्वास्थ्यको स्याहार कसरी गर्ने भन्ने ९ वटा उपाय सार्वजनिक गरेको छ ।

यस्तो छ मन्त्रालयले दिएको नाै बुँदे सुझाव

  • नियमितरुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गर्ने
  • घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हुने
  • रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने रचनात्मक चलचित्र हेर्ने
  • सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाने
  • पर्याप्त मात्रामा सुत्ने
  • दैनिक कार्यतालिका बनाएर आफ्नो दिचनर्यालाई व्यस्त तथा सक्रिय राख्ने
  • समाजिक सञ्जालको प्रयोग घटाउने र अधिक समाचार नहेर्ने
  • टाढा भएपनि आफन्त र साथीभाइसँग नियमित फोन सम्पर्कमा रहने
  • तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविदसँग परामर्श गर्ने

प्रतिक्रिया दिनुहोस्