Logo
Logo

रवीन्द्र मिश्रको प्रश्न- संघीयता सिंदरबारको भ्रष्टाचार गाउँगाउँमा पुर्‍याउन मात्रै हो ?


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता केका लागि भन्दै प्रश्न उठाएका छन् । कोरोना महामारी नियन्त्रणमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको भूमिका नदेखिएको भन्दै उनले संघीय व्यवस्थाप्रति प्रश्न उठाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीयता केका लागि ? संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो,’ सामाजिक सञ्जालमा टिप्पणी गर्दै मिश्रले भनेका छन्, देश महाव्याधीको महासंकटमा छ। तर, यो संकटको बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैं जोहो गर्नु परेको छ।’

मिश्रले संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको आरोपसमेत लगाएका छन् । ‘संघीयताको केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौं स्थानीय जनप्रतिनिधिको व्यापार, व्यवसाय र कमिसन बढाउन ? सिंदरबारको भ्रष्टाचार गाउँगाउँमा पुर्‍याउन ?’, उनको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्