Logo
Logo

बादललाई राप्रपाको समर्थन


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्ने भएको छ । शनिबार राप्रपाको शीर्ष नेताहरुबीच भएको छलफलले उपचुनावमा बादललाई सहयोग गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । त्यसको लागि नेकपा एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा खिमलाल देवकोटा उम्मेदवार छन् ।

राप्रपाका प्रदेश सांसद दुई छन् । त्यस्तै स्थानीय तहमा प्रमुखर र उप प्रमुख एक छन् । राप्रपाको तर्फबाट चार जनाको मत बादलको पक्षमा खस्नेछ।

प्रदेश सांसदको १ मत बराबर ४८ मतभार हुनेछ । स्थानीय तहका प्रमुख वा उप प्रमुखको १८ मातभार हुनेछ । बादलले राप्रपाबाट कुल १३२ मत पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्