Logo
Logo

कोरोनाबाट एकैदिन १८७ जनाको मृत्यु, ८ हजार १६७ संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएको छ । योसँग हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभर २०३ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा आठ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।

यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ। ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५ हजार ४५५ जना व्यक्ति निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्