Logo
Logo

रातो मछिन्द्रनाथको रथ तानियो (फोटोफिचर)


दृष्टि संवाददाता


काठमाडौं । रातो मछिन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा गरिएको छ । शनिबार पुल्चोकबाट नजिकैको सोह्रखुट्टेपाटीसम्म रातो मछिन्द्रनाथको रथ तानिएको हो ।

शनिबार सिमित व्यक्तिहरुले स्वास्थ्य मापदण्ड पूरा गर्दै रथयात्रा गरेका थिए । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष रथयात्राको पहिलो दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथ जात्रा करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्