Logo
Logo

२४ घण्टामा ५ हजार ४५५ जना संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौँ । २४ घण्टामा देशभर ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार ९७१ पीसीआर परीक्षणमा ८ हजार ४६ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट ५७७ परीक्षणमा १२१ जनामा पोजिटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेन्टाइनमा ६७५ जना छन् । पीसीआर परीक्षण भने २७ लाख ५१ हजार ४८१ पुगेको छ । मृतकको संख्या ४ हजार ८५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्