Logo
Logo

उपेन्द्र-बाबुराम पक्षले भन्याे- संसदीय दल नै बनेको छैन


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको उपेन्द्र–बाबुराम पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको बिषयमा औपचारिक जानकारी नभएको भन्दै सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले संसदीय दलको बिधानको प्रक्रिया पुरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए । नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उनले जानकारी दिए । यस बिषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईले बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्