Logo
Logo

बालुवाटारमा कोभिड संकटविरुद्ध संयुक्त बैठक


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढेर अक्सिजनको चरम अभाव भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक राखेका छन् ।

बैठकमा कोरोना संकट समाधानका उपायबारे छलफल भइरहेको छ । सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्नका लागि सर्वपक्षीय छलफल आयोजना गरिएको बताइएको छ ।

सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्