Logo
Logo

नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई


दृष्टि संवाददाता


काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले प उपाधि जितेको हो ।

काठमाडौंलाई उपाधि दिलाउनको लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले गोल गरे । खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । उनले विश्वास श्रेष्ठको पासमा गोल गरेका थिए ।

च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पाएको छ भने धनगढीले १५ लाख रुपैयाँ चित्ता बुझाउनुपरेको छ ।

गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्