पर्सा । पर्सामा बढी भाडा लिने दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ना.२ च. ३२५६ र ना. ३ च. ८१९९ नं का २ वटा एम्बुलेन्ससहित पर्सा बहुदरमाई न.पा. ९ विश्रामपुरका कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका १ का वीरबल मुखिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुलेको फेला पारेपछि एम्बुलेन्स चालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
संक्रमित व्यक्ति तथा उक्त संक्रमणको कारण मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा असुल गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नेशनल मेडिकल कलेज बाहिर सडकबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











