Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना नियन्त्रणमा संयुक्त पहलदेखि जसपा फुट नजिकसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि कतापट्टि लाग्ने भन्ने बिषयले बीजारोपण गरेको विवादले जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा, महन्थ-राजेन्द्रलाई कारवाही गर्ने उपेन्द्र-बाबुराम पक्षको तयारी, संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नु अराजकता भएको उपेन्द्र-बाबुराम पक्षको ठहर ।

२. कोरोनाबाट पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु, आठ हजार १६७ जनामा कोरोना पुष्टि, ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुग्यो, ६७५ जना क्वारेन्टाइनमा ।

३. कोरोना रोकथाममा सरकार गम्भीर नदेखिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आरोप, कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय निकायलाई देउवाको अपिल । सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग ।

४. कोरोना भाइरस संक्रमणको महामारी बढेर अक्सिजनको चरम अभाव भएपछि कोभिड संकटविरुद्ध संयुक्त पहल, सरकारको सम्पूर्ण ध्यान कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्नका लागि बालुवाटारमा सर्वपक्षीय बैठक, सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी ।

५. कोरोना महामारीकाबीच पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ तानियो । कोरोना संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने, भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयद्वारा निषेधित क्षेत्र घोषण ।

६. अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या, नयाँ भवन सञ्चालनका लागि तयारी गरिएपनि अक्सिजन अभावका कारण सञ्चालन हुन नसकेको अस्पतालका निर्देशक डा शान्ता सापकोटाको स्पष्टिकरण, अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न नसक्ने सापकोटाको भनाइ ।

७. कोरोना भाइरससँग लड्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक भएको विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को ठहर, भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्टमा पनि सङ्क्रमण र अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेको डब्ल्यूएचओको भनाइ ।

८. संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम ठप्प, सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूर अन्दोलित, अवरुद्ध आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको भनाइ ।

९. कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा कोरोना संक्रमण र मृत्यु दरमा घट्यो, पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २६ हजार नयाँ संक्रमित, तीन हजार ८९० जनाको मृत्यु, इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु, मारिएकाहरुमा अधिकांश बालबालिका, गाजामा इजरायल र हमास लडाकू बीचको युद्ध रोक्न र युद्धबिराम गराउन प्रयास जारी ।

१०. र, नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौँ रेजसलाई । फाइनलमा धनगढी एफसी १-० गोल पराजित, काठमाडौंलाई उपाधि दिलाउन क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले गोल, च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पायो ।

प्रतिक्रिया दिनुहोस्