Logo
Logo
कोरोना संक्रमण घट्दै

७ हजार ३६८ कोरोना संक्रमित थपिए, ६ हजार डिस्चार्ज


दृष्टि संवाददाता


काठमाडौं । २४ घण्टामा देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट सात हजार ३ सय १६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ पुगेको छ।

देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७ सय १ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ सय ४५ जना संक्रमितको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्