Logo
Logo

नेप्सेले कायम गर्‍यो रेकर्ड


दृष्टि संवाददाता


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचकले भाेल्यूमसहित नयाँ रेकर्ड कायम गरेको छ। यस दिन नेप्से सूचक ५४ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम पनि ह्वातै बढेको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा अधिकतम ५४ दशमलव २१ अंकले बृद्धि हुँदै २ हजार ७ सय ३८ दशमलव २९ विन्दुमा पुगेको हो । यसदिन ठूला कम्पनीहरुको नेप्से परिसूचक सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ६४ अंकले बढेर ४ सय ८८ दशमलव १४ विन्दुमा पुगेको छ ।

सेयर बजार मापक नेप्सेका अनुसार आइतबार २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता सेयर १ लाख १३ हजार ६९ पटक कारोबार हुँदा अधिकतम १० अर्ब ४० करोड, ३८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढि रुरू जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने गरि बृद्धि भएको छ भने अन्य सात कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बृद्धि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्