Logo
Logo

काठमाडौं-तराई द्रुतमार्ग: सुरुङमार्ग र हाइब्रिज निर्माण सम्झौता


दृष्टि संवाददाता


काठमाडौँ  । तराईरमधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज (मोटरेबल पुल) निर्माणका लागि ठेक्का सम्झौता भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले द्रुतमार्गको ‘माइलस्टोन’को रूपमा लिइएको सुरुङमार्ग तथा हाइब्रिज (मोटरेबल पुल) निर्माण गर्न सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्राइभेट लिमिटेड र प्याकेज–२ का लागि चीनकै पोली च्याङ्दा कन्सट्रक्सन कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्झौतापत्रमा द्रूतमार्गतर्फबाट आयोजना प्रमुख एवं नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल तथा निर्माण कम्पनीका तर्फबाट प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सनका कार्यकारी निर्देशक सु यान र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सनका प्रोजेक्ट प्रबन्धक प्रमुख श्रीमती सु तिनग्यु बारबराले हस्ताक्षर गर्नुभएको थियो ।

‘‘सम्झौताअनुसार दुईवटै प्याकेजको डिजाइनका लागि छ महिनासहित कुल निर्माण अवधि साढे तीन वर्ष रहेको छ’’ सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, ‘‘पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ रहेको छ ।’’ द्रुतमार्ग निर्माणको कुल लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ प्रारम्भिक अनुमान गरिएको छ ।

उहाँले पहिलो प्याकेजमा एउटा लामो सुरुङ र दोस्रो प्याकेजमा छुट्टाछुट्टै दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो । द्रुतमार्गमा पर्ने कुल ६।०७ किलोमिटरको तीन खण्डका सुरुङमार्ग तथा हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । उक्त द्रूतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा सुरुङ निर्माण गरिनेछ ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा सुरुङमार्ग र हाइब्रिज निर्माण गर्नुपर्ने हुन्छ । यस मोडेलअनुसार निर्माण छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयं आफैँले गर्नुपर्ने हुन्छ ।, यो समचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्