Logo
Logo

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा


दृष्टि संवाददाता



काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू। ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू। १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ ।

कोरोना कहरका बीच पनि समीक्षा अवधिमा सन्तोषजनक नाफा आर्जन भएको बीमा कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आउँदा नाफा पनि बढेको कम्पनीहरूको भनाइ छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनीलवल्लभ पन्तले लगानीको प्रतिफल बढ्दा नाफा बढेको बताए । ‘कम्पनीहरूले मुद्दती निक्षेप, डिबेन्चर, शेयर, म्युचुअल फण्डमा गरेको लगानीबाट राम्रो प्रतिफल आउँदा नाफामा पनि बढेको हो,’ उनले भने, ‘कोरोना कहरका कारण बैंकहरूले ब्याजदर घटाए पनि संस्थागत मुद्दती निक्षेपमा त्यति असर देखिएन । फलस्वरूप हामीलाई नयाँ मुद्दती निक्षेपबाट राम्रै प्रतिफल आयो ।’

यद्यपि, चौथो त्रैमासको व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुन सक्ने उनको आशंका छ । ‘गत आर्थिक वर्षमा पनि यही समयमै बन्दाबन्दी तथा निषेधाज्ञा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । अहिले पनि बीमा व्यवसाय प्रभावित हुने देखिएको,’ उनले भने, ‘तर, त्यो अहिले नै आकलन गर्न सकिँदैन ।’

निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको मात्र नभएर लामो समयदेखि नै वित्तिय विवरण सार्वजनिक गरेको छैन ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा बढी छ । सो अवधिमा कम्पनीले रू। ३६ करोड ३३ लाख खुद नाफा कमाएको हो । यस्तै, दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख र तेस्रो स्थानमा रहेको प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्