प्रचण्डले मागे सुझावः माओवादी केन्द्र कस्तो बनाउने ? « Drishti News – Nepalese News Portal
Logo

प्रचण्डले मागे सुझावः माओवादी केन्द्र कस्तो बनाउने ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका छन् ।

प्रचण्डले आइतबार आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्स‌रचना गर्ने संकेत गरेका हुन् । पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत प्रचण्डले गरेका छन् ।

प्रचण्डले माओवादी केन्द्र कस्तो बनाउने ? भन्ने बारेमा सुझाव दिनको लागि [email protected] मा आफ्नो धारणा पठाउन सकिने जानकारी दिएका छन् ।

फेसबुकमा प्रचण्डले लेखेका छन्- ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्