Logo
Logo

श्रीमतीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं , ३ चैत्र ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका जाँदै छन् । श्रीमती सीता दाहालको उपचाकार लागि अध्यक्ष प्रचण्ड साँझ अमेरिका जान लागेको उनको सचिवालयले जनाएको छ ।

PM Pushpa Kamal Dahal with wife Sita Dahal

अध्यक्ष प्रचण्ड सहित छोरीज्वाइँ गंगा दाहाल र जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ । चिकित्सकले सीता दाहाललाई पार्किन्सन भएको बताएका छन् । जसको उपचारका लागि उनलाई यसअघि भारत र सिंगापुरका अस्पताल लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि अमेरिका लान लागिएका हुन ।

अमेरिका भ्रमणका क्रममा त्यहाँका सरकारी अधिकारीसँग भेटवार्ता हुनसक्ने छ । तर प्रचण्डको नीजि सचिवालयले दिएको जानकारी अनुसार भेटवार्ताका लागि औपचारिक आग्रह गरिएको छैन । प्रचण्ड एक हप्ता पछि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्