Logo
Logo

प्रधानमन्त्री ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं,३ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले विहान १० बजे काठमाडौंबाट विराटनगर तर्फ जाने कार्यक्रम छ तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले दिउसो साढे ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्ध्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

यसैगरी दिउसो साढे १२ बजे विराटनगरमा प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउनुहुनेछ । प्रधानमन्त्री ओलीले दिउसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम सकि आजै काठमाडौं फर्कीने छन् ।

प्रतिक्रिया दिनुहोस्