Logo
Logo

२४ घण्टामा ५ हजार ७ सय ६७ जनाले जिते कोरोना


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५७ सय कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार देशभर कोरोनालाई जितेर ५ हजार ७ सय ६७ जना घर फर्किएका हुन् ।

योसँगै देशभर निको हुने संक्रमितको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । यस्तै, २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्