Logo
Logo

गोर्खा अस्पतालमा कोभिड आइसोलेसन केन्द्र संचालन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको पुरानो गोर्खा अस्पताल भवनमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र संचालनमा ल्याएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले सोमबार शुभारम्भ गर्दै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्व मन्त्री भीमसेनदास प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीको उपस्थिति थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आममानिसको स्वास्थ्य सुरक्षा नै यतिखेर प्रमुख चासो रहेको बताउँदै महासंघले कोरोना प्रभावित उपचारका लागि एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान चलाएको बताए ।

केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुर्योउने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्