Logo
Logo

कोरोना संक्रमण अझै फैलन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण अझै फैलन सक्ने चेतावनी दिएको छ । सोमबार मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको पूर्ण पालना नभएको भन्दै संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका हुन् ।

संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेका मन्त्रालयको भनाइ छ । अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रे, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरु सार्वजनिक स्थानहरुमा खुलेआम हिडिँरहेको देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्