Logo
Logo

मन्त्री आलेले पठाए २२ सिलिन्डर अक्सिजन रिफिल गरेर डोटी


दृष्टि संवाददाता


काठमाडौं । वनमन्त्री प्रेमबहादुर आलेले बाँकेमा २२ थान अक्सिजन सिलिन्डर रिफिल गरेर आइतबार गृहजिल्ला डोटी पठाएका छन्  । धनगढीस्थित बोलन्या थली संस्थालाई व्यक्तिगत आर्थिक सहयोग गरेर उनले सिलिन्डर भर्न लगाएका थिए  ।

स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार जिल्ला अस्पताल डोटीका खाली सिलिन्डर रिफिल गरिदिन मन्त्री आलेले बाँकेका सिडिओलाई फोन गरेका थिए  । ‘अक्सिजन भर्न समस्या भइरहेको थियो  । मन्त्रीजीले बाँकेका सिडिओलाई फोन गरिदिएपछि सहजै भर्न सकियो,’ बोलन्या थलीका अध्यक्ष यादव जोशीले भने  ।

डोटी जिल्ला अस्पताललाई थप ५० सिलिन्डर र ५० हजार मास्क तथा त्यत्तिकै संख्यामा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पनि सिलिन्डर र मास्क उपलब्ध गराउने तयारी मन्त्री आलेले गरिरहेको उनको सचिवालयले जनाएको छ  ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्