Logo
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- उपत्यकाका अस्पतालमा १०४० बेड खाली छ (सूचीसहित)


दृष्टि संवाददाता



काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको बताइरहँदा आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा छन् । यसको अर्थ उपत्यकाका अस्पतालहरुमा ७५० वटा आइसोलेसन बेड खाली रहेको उल्लेख छ ।

उपत्यकामा रहेको २०२ वटा भेन्टिलेटरमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ । आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार हालसम्म होम आइसोलेसनमा देशभर एक लाख ६ हजार ५१० जना रहेका छन् । संस्थागत आइसोलेसनमा ६ हजार ९७० जना, आईसीयूमा १२५९ जना र भेन्टिलेटरमा ४०० जना बिरामी रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको सूचीः

प्रतिक्रिया दिनुहोस्