चिनियाँ खोपको दोस्रो डोज ललितपुरका यी स्थानमा लगाइँदैछ « Drishti News – Nepalese News Portal
Logo

चिनियाँ खोपको दोस्रो डोज ललितपुरका यी स्थानमा लगाइँदैछ


दृष्टि संवाददाता



ललितपुर । चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन ललितपुर महानगरपालिकाले सुरु गर्ने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान समते तय गरेको छ ।

सूचना अनुसार जेठ १३ गतेसम्म चल्ने सो खोप कार्यक्रम अन्तर्गत् चैत २५देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ७ गते भनिएको छ । त्यस्तै वैशाख १–४ सम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५–९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०–१३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ गतेको मिति तय गरिएको छ ।

वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई भने क्रमशः जेठ १२ र १३ गतेको मिति तय गरिएको सूचनामा उल्लेख छ । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नं वडासम्मका गरी २९ खोप केन्द्रमार्फत् खोप लगाउने तयारी गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बनेसम्म चल्ने जनाएको छ ।

विभिन्न खोप केन्द्रहरुको सूची

प्रतिक्रिया दिनुहोस्