Logo
Logo

नेकपामा जिल्ला अध्यक्ष र सचिवको नामावली तयार, प्रस्तावमाथि छलफल हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ चैत । नेपाल कम्युष्टि पार्टी (नेकपा)ले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार गरेको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् ।
अध्यक्षद्वय केपी ओली र अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा प्रस्ताव तयार पारिएको हो । ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार आज बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ ।
एकताका क्रममा तत्कालीन एमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन माओवादीले सचिव र तत्कालीन एमालेले सचिव पाएको ठाउँमा तत्कालीन माओवादीले अध्यक्ष लिने समझदारी थियो । सोही आधारमा अध्यक्षद्वयले जिल्ला अध्यक्ष र सचिवको नामावली तयार पारेका हुन् ।
अध्यक्षद्वयले तयार पारेको प्रस्तावलाई निश्चित विधि र प्रक्रियाका आधारमा सचिवालयले अन्तिम रूप दिने र स्थायी समितिबाट अनुमोदन गर्ने तयारी नेकपाको छ ।
प्रस्ताव तयार गर्न नसकेर कार्यदल विघटन भएपछि सचिवालय बैठकबाट म्यान्डेट लिएर अध्यक्षद्वय ओली र दाहालले प्रस्ताव तयार पारेका हुन् ।
दुवै अध्यक्षले तयार पारेको जिल्ला अध्यक्ष र सचिवको नामावलीमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमसँग पनि अध्यक्षद्वय ओली र दाहालले सामूहिक छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्