टेकुमा कोरोना संक्रमितको उपचार भुईंमै « Drishti News – Nepalese News Portal
Logo

टेकुमा कोरोना संक्रमितको उपचार भुईंमै


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ ।

बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुईंमै सुताएर उपचार थालिएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुईंमा नै राखेर बिरामीको उपचार गरिएको हो ।

कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्