Logo
Logo

२४ घण्टामा ६ हजार ८ सय ९१ जनाले जिते कोरोना


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरलाई जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा झण्डै ७ हजारले कोरोना भाइरसलाई जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार २४ घण्टामा ६ हजार ८ सय ९१ जनाले कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोनालाई जित्नेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

२४ घण्टामा मंगलबार मात्रै ८ हजार बढीमा कोरोना पुष्टि भएको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्