Logo
Logo

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई, ग्लोबल स्मार्ट र ग्लोबल अनलाइनमार्फत भुक्तानी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि १० औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ । २०७५ चैत ८ देखि २०७५ चैत १७ गतेसम्म सञ्चालन हुने १० औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंकबीच चैत १ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इपिएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १३३ शाखा कार्यालयहरुमा छुटट्ै काउण्टरको व्यवस्था गरी परीक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ भने ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्माट’ तथा अनलाईन बैंकिङ ‘ग्लोबल अनलाइन’ मार्फत लाइनमा नबसी जहाँकहीँबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखासंगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक इपिएस भाषा परीक्षाको शुल्क संकलन गर्ने एक मात्र बैंक हो ।

प्रतिक्रिया दिनुहोस्