Logo
Logo

नेपालमा भारतीय भेरियन्टकाे कोरोना भित्रिएको पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि गरेकाे छ ।

कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुको जीन सिक्वन्सिङ गरी प्राप्त नतिजाअनुसार ९७ प्रतिशत (३४) जनामा बी.१.७१२.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.७१२.१ पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा हाल ३ कोरोना भाइरस (कोभिड १९)का तीन प्रकार (भेरियन्ट) सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले कोरोना संक्रमित ३५ जनाको स्वाब संकलन गरी जिन सिक्वेन्सिङका लागि विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतको सीएसआईआर इन्स्टिच्यूट अफ जेनोमिक्स एण्ड इन्टरग्रेटिभ बायोलोजीमा पठाइएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्