Logo
Logo

कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीमा भन्सार छुट


दृष्टि संवाददाता


प्रतिकात्मक तस्वीर

काठमाडौं । सरकारले कोभिड उपचारका लागि प्रयोग हुने ‍औषधी र स्वास्थ्य सामाग्रीहरुमा भन्सार महशुल शुल्क तथा कर छुट दिने भएको छ ।

कोभिड महामारी फैलिरहेको र स्वास्थ्य सामाग्रीहरुको अभाव देखिन थालेपछि आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने निर्णय भएको उपभोक्ताहित संरक्षण विभागले जनाएको हो ।

विभागका अनुसार स्वास्थ्य सामाग्री आयातकर्ता वितरक तथा विक्रेतालाई रेम्डिसिभिर औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री गर्न समेत निर्देशन दिएको छ ।

विभागले अक्सिजन सिलिण्डर, मेडिकल ग्रेड, लिक्विड अक्सिजन कन्टेनर, टयांक, अक्सिजन सिलिण्डर भल्भ, सिरिंज पम्म ,अक्सिजन फ्लोमिटर, कम्प्रेसर,आइसीयू मोनिटर, बेड ,भेन्टीलेटर माक्स, अक्सिजन रेगुलेटर लगायतका सामाग्रीहरुमा भन्सार शुल्क र कर छुट दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्