Logo
Logo

कोरोनाबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

२ हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्