Logo
Logo

प्रिमियर लिगमा बर्नलीलाई हराउँदै लिभरपुल चौथो स्थानमा


दृष्टि संवाददाता


काठमाडौं । प्रिमियर लिगमा साविक विजेता लिभरपुल चौथो स्थानमा उक्लेको छ । बर्नलीलाई ३-० ले हराउँदै लिभरपुल चौथो स्थानमा उक्लेको हो ।

अब लिभरपुलले अर्को सिजन चयाम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, नाथनियल फिलिप्स र एलेक्स च्याम्बरलाइनले गोल गरे । फिर्मिनोले ४३औं, फिलिप्सले ५२औं र एलेक्सले ८८औं मिनेटमा गोल गरे ।

लिगमा अब एक चरणको खेल बाँकी रहँदा लिभरपुलले र लेस्टरले समान ६६ अंक जोडेको छ । तर गोलअन्तरका आधारमा लिभरपुल अघि छ ।

लिभरपुलले अन्तिम खेल क्रिस्टल प्यालेससंग खेल्नेछ । लेस्टरले भने घरेलु मैदानमा टोटेनहमसंग प्रतिसपर्धा गर्नेछ । यस्तै तेस्रो स्थानको चेल्सीले एस्टनभिल्लासँग खेल्नेछ । चेल्सीको ६७ अंक छ । यसअघि नै च्याम्पियन म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन् ।

अब चेल्सी, लिभरपुल र लेस्टरमध्ये दुई टिम मात्र शीर्ष चारमा पर्नेछ । यस्तै अर्को खेलमा वेस्टह्यामले वेस्ट ब्रोमलाई ३-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्