ओलीले बोलाए आकस्मिक बैठक « Drishti News – Nepalese News Portal
Logo

ओलीले बोलाए आकस्मिक बैठक


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष ओलीले एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा आज दिउँसो बस्ने गरी बोलाएका हुन् ।

ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्